वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने घोषणा

अर्थलगानी
२०८० फाल्गुन १, मंगलवार

काठमाण्डौँ। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

साथै उक्त बैठकले संस्थाको ५ औँ वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभा आगामी चैत १ गतेका लागि डाकिएको हो । साधारण सभा प्रयोजनका लागि आगामी फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ ।

उक्त सभामा मर्जरको विशेष प्रस्ताव पारित गरिनुका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरिनेछ ।

सभामा ४ जना संस्थापक सञ्चालक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । साथै उक्त बैठकले संस्थाको ५ औँ वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभा आगामी चैत १ गतेका लागि डाकिएको हो । साधारण सभा प्रयोजनका लागि आगामी फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ । उक्त सभामा मर्जरको विशेष प्रस्ताव पारित गरिनुका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरिनेछ । सभामा ४ जना संस्थापक सञ्चालक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।