वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी सबल योजनामा आवेदन दिने समय थप, कहिलेसम्म किन्न पाईन्छ ?

अर्थलगानी
२०८० फाल्गुन २, बुधबार

काठमाडौँ। कुमारी क्यापिटल लिमिटेडले निष्काशन गरेको कुमारी सबल योजनाको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ। बैंकको माघ २८ गतेदेखि निष्काशनमा रहेको यो फण्डको इकाईका लागि अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ। निष्काशन गरिएक कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटलका लागि छुट्याइएको छ । १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरीएको छ।
बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधरणले आवेदन दिन सकिने बिक्रि प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ।

यस फण्डका एकाईमा न्यूनतम सय र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ।

१० वर्ष अवधिको यो फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कुमारी क्यापिटल लिमिटेडले निष्काशन गरेको कुमारी सबल योजनाको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ। बैंकको माघ २८ गतेदेखि निष्काशनमा रहेको यो फण्डको इकाईका लागि अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ। निष्काशन गरिएक कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटलका लागि छुट्याइएको छ । १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरीएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधरणले आवेदन दिन सकिने बिक्रि प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ। यस फण्डका एकाईमा न्यूनतम सय र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ। १० वर्ष अवधिको यो फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।