काठमाडौँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा समता घरेलु लघुवित्तको खुद नाफा ४४.८९ प्रतिशतले घटेर १ करोड ३९ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ५२ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खराब कर्जा बढेको तथा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको कारण खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी ६.१४ प्रतिशतले घटेर ८ करोड ९६ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड ६१ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ४४.८९ प्रतिशतले घटेर १ करोड ९८ लाख ८० हजार रुपैयाँमा आएको छ ।खराब कर्जा १.४५ प्रतिशतले बढेर ६।०२ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०६ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ८८ पैसा छ ।
प्रतिक्रिया