काठमाडौँ। बुधबार सुनचाँदीको मूल्मा भारी गिरावट आएको छ। बुधबार छापावाल सुन प्रतितोला एक हजार दुई सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
मंगलबार छापावाला सुन एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीको मूल्य प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया