काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थालि. को १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रभु नारायण चौधरीको अध्यक्षतामा सप्तरीको महुली स्थित केन्द्रीय कार्यालयमा शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
२०८० बैशाख ९ गते बिहाँन ११ बजे सुरु भएको कार्यक्रमको संचालन संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत तथाकम्पनी सचिव सरोज कुमार सिंहले गरेका थिए ।
वार्षिक साधारण सभाको औपचारिक उद्घघाटन गर्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रभु नारायण चौधरीले साधारण सभा सम्पन्नताको शुभकामना दिँदै बर्तमान अवस्थामा वित्तीय संस्थाप्रतिको भाम्रक समुह तथा समाचारहरुले पारेको नाकारात्मक असर, आर्थिक संकुचनको समस्याका बारेमा बोल्दै त्यस्ता चुनौतीहरुलाई सामाधान गर्न दिर्घकालिन रणनितीहरु निर्माण गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७८/०७९ को मुनाफाबाट २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्तापूँजी रु.२८ करोड २१ लाख ६९हजार चार सय चालिस को ०.७५ प्रतिशतले हुनआउने रकम रु. २१ लाख १६ हजार २ सय ७० रुपैया अस्सी पैसा नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र १४.२५ प्रतिशतले हुने रकम रु.४ करोड २ लाख ९ हजार १ सय पैतालिस रुपैया बीस पैसा बरावरको बोनस शेयर वितरण गर्ने तथा बोनश शेयरलाई जारी पूँजी तथा चुक्तापूँजी वृद्घि गरि प्रवन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, प्रिमियममा एफ.पि.ओ शेयर निष्काशन गर्ने,वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ती/समाहितगर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्पूर्ण निर्णयहरुमा छलफल भएको थियो ।
कार्यक्रमा स्वागत मन्तव्य राख्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले वर्तमान समयमा देखिएको चुनौतिहरुले केहि असहज वातावरण सिर्जना भएतापनि आगामी दिनहरुमा संस्थाको व्यवस्थापन समुह तथा कर्मचारीहरुको सहयोगमा वित्तीय साक्षरता, वित्तीयपहुँच, उद्यमशीलता विकास, सिपमूलक तालिम जस्ता कार्यक्रमलाई निरन्तरता दिदै संस्थाको कार्यक्रमलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमको समापनमा बोल्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रभु नारायण चौधरीले आगामी रणनीति, बर्तमान अवस्थामा देखिएको समस्याको समाधानका निमित्त सम्पूर्ण सरोकारबाला निकाय, शेयरधनि, व्यवस्थापन तथा कर्मचारीहरुलाई आ–आफ्नो स्थानमा जिम्मेवार बन्न अनुरोध गर्दै १० औ वार्षिक साधारण सभा सभ्य तथा भव्यताका साथ सफल भएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।
प्रतिक्रिया