काठमाडौँ। आज बिहीबार सेयर बजार ६.४६ अंकले घटेको छ। शेयर बजार ६.४६ अंकले घटेर २०६२.०३ विन्दुमा आएर बन्द भएको हो।
आज ३१३ कम्पनीको ५८ हजार ३६२ पटक भएको कारोबारमा ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ ।
आज ८० कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, हिमालयन उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया