वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गरिमा क्यापिटलले लियो सित्तैमा योजना, डिम्याट र मेरोशेयर घरबाटै खोल्न सकिने

अर्थलगानी
२०८० फाल्गुन ११, शुक्रबार

काठमाडौँ। गरिमा क्यापिटल लिमिटेडले ‘सित्तैमा’ योजना लिएको छ। यो योजना अन्गर्तत रहेर क्यापिटलले मेरो शेयर र डिम्याट खातासेवा निःशुल्क दिन लागेको हो।

“हरेक नेपाली शेयरधनी” भन्ने मूल नारालाई आत्मसात गर्दै क्यापिटलले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ ।

यस योजना अन्तर्गतको सुविद्या आगामी आषाढ मसान्त सम्म पाईने क्यापिटलले जनाएको छ।
खाता खोल्नका लागि गरिमाक्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/ मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन्। साथै https://demat.garimacapital.com/#/register लिङ्कमा गई सिधै “सित्तैमा’’ डिम्याट र मेरो शेयर खाताखोल्न पनि सकिन्छ।

साथै ग्राहकवर्गहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमाविकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखाकार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखाकार्यालयहरुबाट पनि लिन सक्ने सुविद्या रहेको क्यापिटलले जनाएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। गरिमा क्यापिटल लिमिटेडले ‘सित्तैमा’ योजना लिएको छ। यो योजना अन्गर्तत रहेर क्यापिटलले मेरो शेयर र डिम्याट खातासेवा निःशुल्क दिन लागेको हो। “हरेक नेपाली शेयरधनी” भन्ने मूल नारालाई आत्मसात गर्दै क्यापिटलले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । यस योजना अन्तर्गतको सुविद्या आगामी आषाढ मसान्त सम्म पाईने क्यापिटलले जनाएको छ। खाता खोल्नका लागि गरिमाक्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/ मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन्। साथै https://demat.garimacapital.com/#/register लिङ्कमा गई सिधै “सित्तैमा’’ डिम्याट र मेरो शेयर खाताखोल्न पनि सकिन्छ। साथै ग्राहकवर्गहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमाविकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखाकार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखाकार्यालयहरुबाट पनि लिन सक्ने सुविद्या रहेको क्यापिटलले जनाएको छ।