वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यो साता यी कम्पनीको सेयरका लगानीकर्ताले कमाए मुनाफा

अर्थलगानी
२०८० फाल्गुन ११, शुक्रबार

काठमाडौँ।  सेयर बजार नेप्से यो साता २.७३ प्रतिशत अर्थात ५६.२० अंकले घटेको छ । आइतबार २०६२.०३ बिन्दुमा खुलेको बजार अन्तिम दिन बिहीबार २००५.८३ बिन्दुमा झरेको हो ।

बजार घटेपनि केही कम्पनीका लगानीकर्ताले भने यो साता मनग्यै मुनाफा कमाएका छन् । यो साता बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले ४४.०७ प्रतिशतले नाफा आर्जन गरेका छन् । यससँगै कम्पनीको सेयर मूल्य १३ हजार ४१५ रुपैयाँ २० पैसा पुगेको छ । यस्तै बोटलर्स नेपाल तराईको सेयर मूल्य पनि १६.१४ प्रतिशतले बढेर १३ हजार ९५० रुपैयाँ पुगेको छ ।

जोशी हाइड्रोपावरको सेयर मूल्य पनि यो साता ७.२९ प्रतिशतले बढेर ४१२ रुपैयाँ पुगेको छ । यस्तै गोर्खाज फाइनान्सको सेयरको भाउ ६.१५ प्रतिशत बढेर ६१९ रुपैयाँ ९० पैसामा अन्तिम पटक कारोबार भएको छ ।

यस्तै उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले पनि यो साताको बजारबाट ५.३२ प्रतिशतले कमाएका छन् । यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३२ रुपैयाँ पुगेको छ ।

यस साता कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ९४ करोड बढीको सेयर खरिद बिक्री भएको छ । यस्तै जोशी हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ६५ करोड ५१ लाख, सगरमाथा जलविद्युतको ६० करोड ४५ लाख, एनआरएन इन्फ्रास्टक्चरको ५५ करोड ४१ लाख, सोनापुर मिनरल्स एण्ड आयलको ५१ करोड ११ लाख रुपैयाँ र ङादी ग्रुप पावरको सेयर यो साता ५० करोड ७ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

साताभरमा ३ करोड ५९ लाख ७४ हजार कित्ता सेयर १२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । यो साता चार कारोबार दिन मात्र सेयर खरिद बिक्री भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ।  सेयर बजार नेप्से यो साता २.७३ प्रतिशत अर्थात ५६.२० अंकले घटेको छ । आइतबार २०६२.०३ बिन्दुमा खुलेको बजार अन्तिम दिन बिहीबार २००५.८३ बिन्दुमा झरेको हो । बजार घटेपनि केही कम्पनीका लगानीकर्ताले भने यो साता मनग्यै मुनाफा कमाएका छन् । यो साता बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले ४४.०७ प्रतिशतले नाफा आर्जन गरेका छन् । यससँगै कम्पनीको सेयर मूल्य १३ हजार ४१५ रुपैयाँ २० पैसा पुगेको छ । यस्तै बोटलर्स नेपाल तराईको सेयर मूल्य पनि १६.१४ प्रतिशतले बढेर १३ हजार ९५० रुपैयाँ पुगेको छ । जोशी हाइड्रोपावरको सेयर मूल्य पनि यो साता ७.२९ प्रतिशतले बढेर ४१२ रुपैयाँ पुगेको छ । यस्तै गोर्खाज फाइनान्सको सेयरको भाउ ६.१५ प्रतिशत बढेर ६१९ रुपैयाँ ९० पैसामा अन्तिम पटक कारोबार भएको छ । यस्तै उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले पनि यो साताको बजारबाट ५.३२ प्रतिशतले कमाएका छन् । यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३२ रुपैयाँ पुगेको छ । यस साता कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ९४ करोड बढीको सेयर खरिद बिक्री भएको छ । यस्तै जोशी हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ६५ करोड ५१ लाख, सगरमाथा जलविद्युतको ६० करोड ४५ लाख, एनआरएन इन्फ्रास्टक्चरको ५५ करोड ४१ लाख, सोनापुर मिनरल्स एण्ड आयलको ५१ करोड ११ लाख रुपैयाँ र ङादी ग्रुप पावरको सेयर यो साता ५० करोड ७ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । साताभरमा ३ करोड ५९ लाख ७४ हजार कित्ता सेयर १२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । यो साता चार कारोबार दिन मात्र सेयर खरिद बिक्री भयो ।