काठमाडौँ। आज सोमबार सेयर बजार १३.२८ अंकले बढेको छ। शेयर बजार १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा आएर बन्द भएको हो।
यसदिन ३१४ कम्पनीको ४९ हजार ९४० पटक भएको कारोबारमा ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया