वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा ९.३४ अंकको बृद्धि

अर्थलगानी
२०८० फाल्गुन १५, मंगलवार

काठमाडौँ। आज मंगलबार सेयर बजार ९.३४ अंकले बढेको छ। शेयर बजार ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा आएर बन्द भएको हो।

यसदिन ३०८ कम्पनीको ४० हजार ९५ज्ञ पटक भएको कारोबारमा ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रहेको छ ।

आज दुई कम्पनीमा भने सकारात्मक सर्किट लागेको छ। पछिल्ला दिनहरुमा दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (लाजु) र सोमबार करिब ९ प्रतिशत घटेको बिपिडब्लु लघुवित्तमा आज सकारात्मक सर्किट लागेको हो। आज चिरख्वा हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.०६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे ६ करोडको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज मंगलबार सेयर बजार ९.३४ अंकले बढेको छ। शेयर बजार ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा आएर बन्द भएको हो। यसदिन ३०८ कम्पनीको ४० हजार ९५ज्ञ पटक भएको कारोबारमा ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रहेको छ । आज दुई कम्पनीमा भने सकारात्मक सर्किट लागेको छ। पछिल्ला दिनहरुमा दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (लाजु) र सोमबार करिब ९ प्रतिशत घटेको बिपिडब्लु लघुवित्तमा आज सकारात्मक सर्किट लागेको हो। आज चिरख्वा हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.०६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे ६ करोडको शेयर खरिदबिक्री भएको छ।