काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दश हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनि केशव बोहोराले आफ्नो नाममा रहेको १० हजार ७ सय ७३ किक्ता शेयर बिक्रि गर्न बैंकमा निवेदन दिएपछि बैंकले उक्त शेयर बिक्रि गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।
प्रतिक्रिया