काठमाडौँ। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २८.६८ अंक घटेर १९७२.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५३ अंक बढेर १९७२.६२ विन्दुमा पुगेको छ।
आइतबार प्रि ओपन सेसनमा १९ स्टकको २ लाख ४० हजार ३३० रुपैयाँ ४० पैसाबराबरको ५४३ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया