वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सर्वोत्तम सिमेन्टको आईपीओ बुधबार बाँडफाँड हुने

अर्थलगानी
२०८० फाल्गुन २०, आईतवार

काठमाडौँ। सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आगामी आइतबार आइपीओ प्रि अलोटमेन्ट गर्ने तयारी भएको छ । यस अनुसार आगामी बुधबारसम्ममा आइपीओ बाँडफाँड हुने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

सीडीएसका अनुसार यसमा अन्तिम दिन फागुन १६ गते साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन मागभन्दा १९.३२ गुणा बढी आवेदन हो ।

यस अनुसार यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन् ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आगामी आइतबार आइपीओ प्रि अलोटमेन्ट गर्ने तयारी भएको छ । यस अनुसार आगामी बुधबारसम्ममा आइपीओ बाँडफाँड हुने विक्री प्रबन्धकले जानकारी दिएको छ । सीडीएसका अनुसार यसमा अन्तिम दिन फागुन १६ गते साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन मागभन्दा १९.३२ गुणा बढी आवेदन हो । यस अनुसार यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन् । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।