काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज ३ वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस शेयर सुचिकृत भएको हो ।
आज सगरमाथा इन्स्योरेन्सको १२.४० प्रतिशतले हुन आउने १६ लाख ५३ हजार ६ सय ९९ दशमलव ९६ कित्ता बोनस शेयर, लुम्बिनी जनरल इन्स्योरेन्सको ६.९९ प्रतिशतले हुन् आउने ९ लाख १७ हजार ६ सय ४४ दशमलव ५० कित्ता बोनस शेयर र नेपाल हाइड्रो डेभलपर लिमिटेडको ५ प्रतिशतले हुन आउने १ लाख ५९ हजार ९ सय ६५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
प्रतिक्रिया