वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइसीएफसी फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

अर्थलगानी
२०८० फाल्गुन २३, बुधबार

काठमाडौँ। आइसीएफसी फाइनान्स लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको पुस २९ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले पारित गरेको ६ दशमलव ५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गराइएको कम्पनीले जनाएको छ ।

आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा पुस २९ गतेदेखि नै आइपीएस मार्फत नगद लाभांश जम्मा गरेको कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई यथाशिघ्र अद्यावधिक गराई उक्त लाभांश लिन आग्रह गरेको छ ।

साथै, आर्थिक वर्ष २०७३/०७४ देखि २०७८/०८९ सम्मको साधारण सभाहरुबाट पारित नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई हितग्राही खाता खोलेको स्थानमा सम्पर्क गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आइसीएफसी फाइनान्स लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको पुस २९ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले पारित गरेको ६ दशमलव ५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गराइएको कम्पनीले जनाएको छ । आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा पुस २९ गतेदेखि नै आइपीएस मार्फत नगद लाभांश जम्मा गरेको कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको हो । हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई यथाशिघ्र अद्यावधिक गराई उक्त लाभांश लिन आग्रह गरेको छ । साथै, आर्थिक वर्ष २०७३/०७४ देखि २०७८/०८९ सम्मको साधारण सभाहरुबाट पारित नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई हितग्राही खाता खोलेको स्थानमा सम्पर्क गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन समेत आग्रह गरेको छ ।