काठमाडौँ। आज बुधबार सेयर बजार १३.५१ अंकले बढेको छ। शेयर बजार १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा आएर बन्द भएको हो।
आज ३०९ कम्पनीको ४७ हजार ६९९ पटक भएको कारोबारमा ८९ लाख २९ हजार १५२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यस्तै, आज चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। आज एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.२१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, आज शिवम् सिमेन्ट्सको करिब साढे १६ करोडको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ।
प्रतिक्रिया