काठमाडौँ। मेरी स्टोप्स इन्टरनेसनल नेपालले बिहीबार ९मार्च ७, २०२४० संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सरको परिक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्सले यो अभियान घोषणा गरेको हो।
अभियानको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लाहरुमा पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पु¥याउने रहेको साझेदार, सहयोगी तथा आयोजक कम्पनीले जनाएका छन्।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरु मध्ये पहिलो स्थानमा पर्दछ। जसको कारण महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको तथ्याङ्कले देखाउछ । सन् २०२२ मा मात्रै २,१६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाईयो भने यस रोगको कारण १ हजार ३१३ जनाले आफ्नो ज्यान गुमाए ।
यो अभियान संचालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक संजाल र मेरी स्टोप्स इन्टरनेशनल नेपालको समुदाय स्तरमा रहेको उपस्थितिको उपयोग गरिनेछ । यस बाहेक यस अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी फैलाउन विभिन्न सञ्चार माध्यमहरू प्रयोग गर्नेछ ।
यही महिना अर्थात मार्च २०२४ देखि सञ्चालन हुने यस सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरु संचालन गरिनेछन् । एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै यस अभियानका लागि पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी प्रवाह गरिनेछन् । त्यसैगरी आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नता लगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरिनेछन् ।
यस सचेतना अभियान अन्तर्गत संचालन गरिने मुख्य–मुख्य क्रियाकलापहरूमा आमसञ्चार माध्यमद्वारा सचेतनामूलक अभियान संचालन गर्नेस पाठेघरको मुखको क्यान्सरको रोकथाम र उपचारसम्बन्धी जानकारीलाई लक्षित समूहसम्म प्रभावकारी ढंगले पु¥याउन विभिन्न सरकारी निकायहरु तथा संघसंस्थाहरूसँग सहकार्य तथा साझेदारी गर्नेस टेलिभिजन र रेडियोमा विशेष कार्यक्रम तथा विशेष कुराकानीमा आधारित कार्यक्रम ९टक शो० हरू संचालन गर्नुका साथै रेडियो स्टेशनहरूमा जनहितमा जारी सूचनाहरू सम्प्रेषण गर्नेस अभियानलाई प्रवद्र्र्घधन गर्न र अभियानसम्बन्धी सचेतनामूलक संदेशहरू प्रवाह गर्न सोशल मिडिया इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्नेस पाठेघरको मुखको क्यान्सर रोकथाम र खोपसम्बन्धी सचेतनामुलक दृश्य श्रव्य सामग्रीहरु तयार पारी प्रसारण गर्नेस एनसेलसँग सहकार्यमा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘वाकाथन’ को आयोजना गर्नेस अभियानका संदेशलाई आउटबाउन्ड रिङटोन र एसएमएसमार्फत लक्षितवर्गसम्म पु¥याउने आदि जस्ता कार्यक्रमहरु रहेका छन् ।
यसबाहेक यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेरी स्टोप्स इन्टरनेशनल नेपालले ५० जना सेवाग्राहीहरूलाई निःशुल्क स्क्रिनिङ सेवा प्रदान गर्ने ।
यस सचेतना अभियानले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा खोपको महत्वको बारेमा जानकारीमा पहुँच बढाउनेछ, जसले गर्दा महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा सही ढंगले निर्णय लिन सक्षम बनाउनेछ ।
प्रतिक्रिया