वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको मुल्यले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। सुनले गत बिहीबार बनाएको रेकर्डलाई तोडेर आज पुन नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत बिहीबार सुनले नयाँ रेकर्ड बनाएको थियो। शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदा आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। गत शुक्रबार प्रतितोल १ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। सुनले गत बिहीबार बनाएको रेकर्डलाई तोडेर आज पुन नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत बिहीबार सुनले नयाँ रेकर्ड बनाएको थियो। शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो। त्यसैगरी, आज तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ। सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदा आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। गत शुक्रबार प्रतितोल १ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।