काठमाडौँ। आज आइतबार सेयर बजार २२.१० अंकले बढेको छ। शेयर बजार २२.१० अंकले बढेर २०५२.६५ विन्दुमा आएर बन्द भएको हो।
आज ३०४ कम्पनीको ५६ हजार ७२६ पटक भएको कारोबारमा ७० लाख ४३ हजार ४५७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर रहेको छ ।
आज जाल्पा सामुदायिक र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सक्रिट हानेको छ ।
आज भएको करोबारमा १३ उपसमुह मध्ये एउटाको मात्र शेयर मूल्य घटेको छ भने अन्य सबैको शेयर मूल्य बढेको छ । आज हाइड्रोपावर समूहको शेयर मूूल्य ०.१२ प्रतिशतले घटेर २५६७.४८ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया