वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका एघार संचालकविरुद्द ठगीको कसुरमा मुद्दा दर्ता

अर्थलगानी
२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ। कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका ११ जना सञ्चालक विरुद्ध ठगीको मुद्धा दर्ता भएको छ। काठमाडौँ जिल्ला अदालतमा उनीहरुविरुद्ध आज ठगीको कसुर मुद्दा दर्ता भएको हो।

नेपाल प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँ मार्फत आइतबार अदालतमा मुद्दा दर्ता भएको हो । आकर्षक ब्याजको लोभ देखाएर ठगी गरेको भन्दै चक्रलाल श्रेष्ठसमेत कुल ८५२ जनाको जाहेरीका आधारमा ११ जना सञ्चालकविरुद्ध ठगीको कसुरमा मुद्दा दायर भएको हो ।

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी लगायत उनीहरुले बचतकर्ताको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम बराबरको बिगो कायम गरी ठगीको कसुरमा मुद्दा दायर भएको हो ।

प्रहरीले सहकारीका अध्यक्ष ५४ वर्षीय ठकुरी, कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव ४९ वर्षीय जोगलाल लामा, सदस्य ५२ वर्षीय सानुकान्छा लामा, सदस्य ५२ वर्षीय नारायणप्रसाद रिमाल, सदस्य इन्दु थापा सदस्य ४४ वर्षीय देवराज पराजुली, लेखा सुपरिवेक्षण समितिको संयोजक ४६ वर्षीय कञ्चन तामाङ, लेखा सुपरिवेक्षण समितिका सदस्य ६० वर्षीय उद्धवप्रसाद पाण्डे, लेखा सुपरिवेक्षण समितिका सदस्य २८ वर्षीय अम्बिका थपलिया, र पूर्व अध्यक्ष एवम् व्यवस्थापक सिबी लामा भन्ने चन्द्र बहादुर लामा समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको हो।

मुद्दा दायर भएकाहरूमध्ये अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी मात्रै पक्राउ परेका छन् । अन्य सबै प्रतिवादीहरू फरारको सूचीमा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका ११ जना सञ्चालक विरुद्ध ठगीको मुद्धा दर्ता भएको छ। काठमाडौँ जिल्ला अदालतमा उनीहरुविरुद्ध आज ठगीको कसुर मुद्दा दर्ता भएको हो। नेपाल प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँ मार्फत आइतबार अदालतमा मुद्दा दर्ता भएको हो । आकर्षक ब्याजको लोभ देखाएर ठगी गरेको भन्दै चक्रलाल श्रेष्ठसमेत कुल ८५२ जनाको जाहेरीका आधारमा ११ जना सञ्चालकविरुद्ध ठगीको कसुरमा मुद्दा दायर भएको हो । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी लगायत उनीहरुले बचतकर्ताको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम बराबरको बिगो कायम गरी ठगीको कसुरमा मुद्दा दायर भएको हो । प्रहरीले सहकारीका अध्यक्ष ५४ वर्षीय ठकुरी, कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव ४९ वर्षीय जोगलाल लामा, सदस्य ५२ वर्षीय सानुकान्छा लामा, सदस्य ५२ वर्षीय नारायणप्रसाद रिमाल, सदस्य इन्दु थापा सदस्य ४४ वर्षीय देवराज पराजुली, लेखा सुपरिवेक्षण समितिको संयोजक ४६ वर्षीय कञ्चन तामाङ, लेखा सुपरिवेक्षण समितिका सदस्य ६० वर्षीय उद्धवप्रसाद पाण्डे, लेखा सुपरिवेक्षण समितिका सदस्य २८ वर्षीय अम्बिका थपलिया, र पूर्व अध्यक्ष एवम् व्यवस्थापक सिबी लामा भन्ने चन्द्र बहादुर लामा समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको हो। मुद्दा दायर भएकाहरूमध्ये अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी मात्रै पक्राउ परेका छन् । अन्य सबै प्रतिवादीहरू फरारको सूचीमा रहेका छन् ।