काठमाडौँ। आज मंगलबार सेयर बजार ५८.५८ अंकले बढेको छ। शेयर बजार ५८.५८ अंकले बढेर २१११.२४ विन्दुमा आएर बन्द भएको हो।
आज ३०५ कम्पनीको ८२ हजार ७४६ पटक भएको कारोबारमा १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये २२० कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर रहेको छ ।
बुधबार ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागको छ। आज जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज सपोर्ट माइक्रोफाइनान्स, नाडेप लघुवित्त र अभियान लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। आज मूल्य घटेका स्टकहरुको गिरावट दर भने ३ प्रतिशत भन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज सोनापुर मिनरल्सको २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम साढे १६ कारोड नाघेको छ।
प्रतिक्रिया