वि.सं. २०८२ असार १, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विप्रेषण भनेको के हो ? नेपालको अर्थ व्यवस्थामा विप्रेषणले पारेको प्रभावहरु के के छन् ?

रोजीना सापकोटा
२०८० फाल्गुन २९, मंगलवार

काठमाडौँ। सामान्यतया विप्रेषण भनेको बैंकिङ प्रणालिको माध्यामबाट कुनै एक ठाउँबाट कुनैपनि प्रयोजनको निमित्त अर्को स्थानमा रकम स्थानान्तरण वा रकामातर गर्ने कार्यलाई विप्रेषण (रेमिट्यान्स) भनिन्छ ।
वैदेशिक रोजगारीको शिलशिलामा गएका नागरिकले कमाएको पुँजी रकम वित्त बैंक तथा वित्तिय संस्था वा मौद्रिक कारोबार गर्न अनुमति प्राप्त संस्थाबाट पठाउँछन् त्यो नै विप्रेषण अर्थात रेमिट्यान्स हो ।
नेपालको बाह्य क्षेत्र सन्तुलनको प्रमुख आधारको रुपमा विप्रेषण आप्रवाह रहँदै आएको छ । विगत केहि वर्ष यता विप्रेषण आप्रवाह द्रुत गतिमा बढिरहेको छ । विगत दश वर्षको तथ्याकं हेर्दा विप्रेषण आप्रवाह कुन गार्हस्थ्य उत्पादन सँगको औषत अनुपात २५ प्रतिशत रहेको छ । आर्थिक बर्ष २०८०/८१को पछिल्लो सात महिनाको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई रु ८३९ अर्ब पुगेको छ ।
विप्रेषणको वृद्धि सँगै नेपालको अर्थतन्त्रमा सकारात्मक तथा नकारात्मक दुबै प्रभाव परिरहेको छ । ति प्रभावहरुलाई देहाय बमोजिम चर्चा गरीएको छ ।

सकारात्मक प्रभाव

  • पुँजी निर्माणमा योगदान ।
  • अर्थतन्त्रलाई सक्रिय,गतिशिल र चलायमान बनाउन योगदान ।
  • बैदेशिक मुद्राको सञ्चितिमा योगदान ।
  • प्रतिव्यक्ति आयमा वृद्धि ।
  • गरीबी न्यूनिकरणमा योगदान ।

नकारात्मक प्रभाव

  • आयत उन्मुख अर्थतन्त्रको विकास ।
  • निर्भताको अत्याधिक वृद्धि ।
  • दक्ष जनशक्ति पलायन ।
  • आन्तरीक बसाइँसराइ र जनसंख्याको असन्तुलन,खेतियोग्य जमिन बाँझै रहेका ।
  • विप्रेषणको अनुत्पादक क्षेत्रमा लगानी ।

प्रतिक्रिया