काठमाडौँ। गत आइतबार हालसम्मकै उच्च मूल्यमा पुगेर सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य, बुधबार भने घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्ला तीन दिनदेखि यस्तो सुन हालसम्मकै उच्च मूल्य अर्थात प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। त्यसैगरी, आज तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।
प्रतिक्रिया