काठमाडौँ। आज बुधबार सेयर बजार २.४८ अंकले घटेको छ। शेयर बजार २.४८ अंकले घटेर २१०८.७२ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१० कम्पनीको ७३ हजार ५०६ पटक भएको कारोबारमा १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ९४ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया