वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रुरु जलविद्युतको साढे ४४ लाख कित्ता सेयरको लक इन अवधि पर्सि सकिदै

अर्थलगानी
२०८० चैत्र १, बिहीबार

काठमाडौँ। रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि पर्सि अर्थात आगामी वैशाख ३ गते समाप्त हुन लागेको छ। कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।

कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिएको हो।

कम्पनीले संस्थापक, अयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको सेयर सर्वसाधारणलाई २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिसम्म संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।

कम्पनीको लक इन समयावधि समाप्त भएसँगै कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक सेयर, ४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र ९ हजार ८५८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।
सबै सेयर सर्वसाधारण सेयरमा परिणत हुनेछन् । र सेयरधनीले आफ्नो भागमा परेको सेयर खरिद बिक्री गर्न पाउने छन् ।

धितोपत्र बोर्डले कम्पनीलाई लक इन अवधि समाप्त गर्नका लागि गत मंसिर २५ गते निर्देशन दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि पर्सि अर्थात आगामी वैशाख ३ गते समाप्त हुन लागेको छ। कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिएको हो। कम्पनीले संस्थापक, अयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको सेयर सर्वसाधारणलाई २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिसम्म संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् । कम्पनीको लक इन समयावधि समाप्त भएसँगै कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक सेयर, ४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र ९ हजार ८५८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो । सबै सेयर सर्वसाधारण सेयरमा परिणत हुनेछन् । र सेयरधनीले आफ्नो भागमा परेको सेयर खरिद बिक्री गर्न पाउने छन् । धितोपत्र बोर्डले कम्पनीलाई लक इन अवधि समाप्त गर्नका लागि गत मंसिर २५ गते निर्देशन दिएको थियो ।