वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचकमा २७.८४ अंकको गिरावट, ३ अर्ब बढिको कारोबार

अर्थलगानी
२०८० चैत्र १, बिहीबार

काठमाडौँ। आज बिहिबार सेयर बजार २७.८४ अंकले घटेको छ। शेयर बजार २७.८४ अंकले घटेर २०८०.८७ विन्दुमा आएर बन्द भएको हो ।

आज ३०३ कम्पनीको ६६ हजार १०७ पटक भएको कारोबारमा १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ४४ कम्पनीको सेयर मूल्य बढ्दा १९६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर रहेको छ ।

नेप्से घटेपनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने गोर्खाज फाइनान्सको ८.०८ प्रतिशत बढेको छ। आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.०२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज अप्पर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ५० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज शिवम् सिमेन्ट्सको २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको कारोबार रकम १६ करोड नाघेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बिहिबार सेयर बजार २७.८४ अंकले घटेको छ। शेयर बजार २७.८४ अंकले घटेर २०८०.८७ विन्दुमा आएर बन्द भएको हो । आज ३०३ कम्पनीको ६६ हजार १०७ पटक भएको कारोबारमा १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४४ कम्पनीको सेयर मूल्य बढ्दा १९६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर रहेको छ । नेप्से घटेपनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने गोर्खाज फाइनान्सको ८.०८ प्रतिशत बढेको छ। आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.०२ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आज अप्पर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ५० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज शिवम् सिमेन्ट्सको २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको कारोबार रकम १६ करोड नाघेको छ।