वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हकप्रदको मुख्य एजेण्डासहित सानिमा जिआईसीले बोलायो साधारणसभा, कस्ता छन् अन्य प्रस्तावहरु?

अर्थलगानी
२०८० चैत्र २, शुक्रबार

काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो छेठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। इन्स्योरेन्सको समितिको मिति हिजो बसेको १३७ बी बैठकको निर्णयानु‌सार कम्पनीको छैठौँ वार्षिक साधारण आह्वान गरेको हो।

सभा चैत २९ गते अमृतभोगकास्थान, काठमाडौमा हुने कम्पनीले जनाएको छ।
यस्ता छन् छलफलका प्रस्तावहरु,
–सामान्य प्रस्तावहरु
१.कम्पनीको छैठौ बार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सफल गरी पारित गर्ने।

२.मानिमा जिजाईसीको लेख परीक्षण प्रतिवेदन सहित आ.व. २०७९–८० आषाढ मसान्तको वासलात, ०७९ वैशाख १ गतेदेखि ०८० को असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने।
३. साविक जनरल इन्स्योरनेस कम्पनीको लेखापरीक्ष्ँण प्रतिवेदन सहित आर्थिक वर्ष ०७९÷८० को वासलात, मिति ०७९ साउन १ गतेदेखि कातिृक ६ गतेसम्मको नाफा नोक्सान हिबास, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचिहरु छलफल गरी पारित गर्ने
४.कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०÷०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणगर्ने।
५. सञ्चालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने।
विशेष प्रस्ताव
१. कम्पनीको जारी पूजी तथा चुक्ता पूंजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने।
२. कम्पनीको चुक्ता पूँजी रु २ अर्बको २५ प्रतिशत बराबर रु ५० करोडको हकप्रद शेयर जारी गर्ने
३.कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९–८० मा भएको खर्चको अनुमोदन गर्ने।
४.संचालक समिति तथा उपसमितिको बैठक भत्ता तथा अन्य भत्ताको अनुमोदन गर्ने।
५.उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतीको लागी पेश हुँदा नियमनकारी निकाय वा सम्बन्धित कार्यालयबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सो बमोजिम संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यसमेत गर्न संचालक समितिलाई अख्तियारी प्रधान गर्ने।
कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत १५ गते बुक क्लोज गर्ने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो छेठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। इन्स्योरेन्सको समितिको मिति हिजो बसेको १३७ बी बैठकको निर्णयानु‌सार कम्पनीको छैठौँ वार्षिक साधारण आह्वान गरेको हो। सभा चैत २९ गते अमृतभोगकास्थान, काठमाडौमा हुने कम्पनीले जनाएको छ। यस्ता छन् छलफलका प्रस्तावहरु, –सामान्य प्रस्तावहरु १.कम्पनीको छैठौ बार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सफल गरी पारित गर्ने। २.मानिमा जिजाईसीको लेख परीक्षण प्रतिवेदन सहित आ.व. २०७९–८० आषाढ मसान्तको वासलात, ०७९ वैशाख १ गतेदेखि ०८० को असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने। ३. साविक जनरल इन्स्योरनेस कम्पनीको लेखापरीक्ष्ँण प्रतिवेदन सहित आर्थिक वर्ष ०७९÷८० को वासलात, मिति ०७९ साउन १ गतेदेखि कातिृक ६ गतेसम्मको नाफा नोक्सान हिबास, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचिहरु छलफल गरी पारित गर्ने ४.कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०÷०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणगर्ने। ५. सञ्चालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने। विशेष प्रस्ताव १. कम्पनीको जारी पूजी तथा चुक्ता पूंजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने। २. कम्पनीको चुक्ता पूँजी रु २ अर्बको २५ प्रतिशत बराबर रु ५० करोडको हकप्रद शेयर जारी गर्ने ३.कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९–८० मा भएको खर्चको अनुमोदन गर्ने। ४.संचालक समिति तथा उपसमितिको बैठक भत्ता तथा अन्य भत्ताको अनुमोदन गर्ने। ५.उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतीको लागी पेश हुँदा नियमनकारी निकाय वा सम्बन्धित कार्यालयबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सो बमोजिम संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यसमेत गर्न संचालक समितिलाई अख्तियारी प्रधान गर्ने। कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत १५ गते बुक क्लोज गर्ने जनाएको छ।