वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिवशंकर इनभेष्टमेन्टलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवादिने

अर्थलगानी
२०८० चैत्र २, शुक्रबार

काठमाडौँ। एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँ बानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमकाबीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार एलएस क्यापिटलले रोड टु आईपीओ अन्तर्गत शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजाने सबै सम्भावनाहरूको निरीक्षण र मूल्याङ्कन गर्नेछ।

शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड मुख्यतया जलविद्युत, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रहरूमा लगानीको व्यापक स्पेक्ट्रम केन्द्रित लगानी गर्ने कम्पनी हो। हाल कम्पनीले सानिगड हाइड्रो लिमिटेड, कलंगा हाइड्रो लिमिटेड र बुङ्गल हाइड्रो लिमिटेड लगायतका जलविद्युत कम्पनीहरुमा लगानी गरेको छ भने अन्य सम्भाव्यता पनि खोजिरहेको छ ।

साथै, शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड र गणेश इन्भेष्टमेन्ट मर्जरको प्रक्रियामा छन् । आईपीओ पश्चात् कम्पनीले चुक्तापुँजी रु. १ अर्बमाथी पु¥याउने योजना राखेको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एलएस क्यापिटलले मर्चेन्ट बैंकिङ क्षेत्रमा बलियो उपस्थिती देखाएको छ ।

इजाजत प्राप्त मर्चेन्ट बैंकरको रूपमा, एलएस क्यापिटलले मर्चेन्ट बैंकिङ सम्बन्धी बृहत सेवाहरू प्रदान गर्दछ जस्तै आईपीओको प्रबन्धक, धितोपत्र अण्डरराइटिंग, पोर्टफोलियो व्यवस्थापन सेवाहरू प्रदानगर्ने, शेयर रजिस्ट्रार, कर्पोरेट एडभाइजरीसेवाहरू, विशेषीकृत लगानी कोष र म्युचुअल फन्डका लागि कोष प्रबन्धकको रूपमासेवा समेत उपलब्ध गराउँदछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँ बानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमकाबीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार एलएस क्यापिटलले रोड टु आईपीओ अन्तर्गत शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजाने सबै सम्भावनाहरूको निरीक्षण र मूल्याङ्कन गर्नेछ। शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड मुख्यतया जलविद्युत, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रहरूमा लगानीको व्यापक स्पेक्ट्रम केन्द्रित लगानी गर्ने कम्पनी हो। हाल कम्पनीले सानिगड हाइड्रो लिमिटेड, कलंगा हाइड्रो लिमिटेड र बुङ्गल हाइड्रो लिमिटेड लगायतका जलविद्युत कम्पनीहरुमा लगानी गरेको छ भने अन्य सम्भाव्यता पनि खोजिरहेको छ । साथै, शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड र गणेश इन्भेष्टमेन्ट मर्जरको प्रक्रियामा छन् । आईपीओ पश्चात् कम्पनीले चुक्तापुँजी रु. १ अर्बमाथी पु¥याउने योजना राखेको छ । लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एलएस क्यापिटलले मर्चेन्ट बैंकिङ क्षेत्रमा बलियो उपस्थिती देखाएको छ । इजाजत प्राप्त मर्चेन्ट बैंकरको रूपमा, एलएस क्यापिटलले मर्चेन्ट बैंकिङ सम्बन्धी बृहत सेवाहरू प्रदान गर्दछ जस्तै आईपीओको प्रबन्धक, धितोपत्र अण्डरराइटिंग, पोर्टफोलियो व्यवस्थापन सेवाहरू प्रदानगर्ने, शेयर रजिस्ट्रार, कर्पोरेट एडभाइजरीसेवाहरू, विशेषीकृत लगानी कोष र म्युचुअल फन्डका लागि कोष प्रबन्धकको रूपमासेवा समेत उपलब्ध गराउँदछ ।