वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निफ्राको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थलगानी
२०८० चैत्र ४, आईतवार

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । संस्थापक सेयरधनी बोधप्रसाद त्रिपाठीले आफ्नो स्वामित्वमा रहेको ६ लाख कित्ता सेयर बिक्री गर्न चाहेपछि कम्पनीले बिक्रीमा ल्याएको हो ।

आइतबार एक सूचना जारी गर्दै निफ्राले इच्छुक विद्यमान सेयरधनीहरुलाई सेयर खरिदका लागि आवेदन माग गरेको छ ।

संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूमध्येबाटै हुने हुँदा कम्पनीले प्राथमिकता दिएको हो । इच्छुक विद्यमान संस्थापक सेयर धनीहरूले ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यलय नयाँ बानेश्वर काठमाडौँमा आवेदन दिन सक्नेछन् । तर, तोकिएको म्याद भित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा भने उक्त सेयर संस्थापक भन्दा बाहिर बिक्री गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । संस्थापक सेयरधनी बोधप्रसाद त्रिपाठीले आफ्नो स्वामित्वमा रहेको ६ लाख कित्ता सेयर बिक्री गर्न चाहेपछि कम्पनीले बिक्रीमा ल्याएको हो । आइतबार एक सूचना जारी गर्दै निफ्राले इच्छुक विद्यमान सेयरधनीहरुलाई सेयर खरिदका लागि आवेदन माग गरेको छ । संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूमध्येबाटै हुने हुँदा कम्पनीले प्राथमिकता दिएको हो । इच्छुक विद्यमान संस्थापक सेयर धनीहरूले ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यलय नयाँ बानेश्वर काठमाडौँमा आवेदन दिन सक्नेछन् । तर, तोकिएको म्याद भित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा भने उक्त सेयर संस्थापक भन्दा बाहिर बिक्री गरिनेछ ।