वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचकमा ६.२४ अंकको गिरावट, कति भयो कारोबार ?

अर्थलगानी
२०८० चैत्र ६, मंगलवार

काठमाडौँ। आज आइतबार सेयर बजार ६.२४ अंकले घटेको छ। शेयर बजार ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा आएर बन्द भएको हो ।

आज ३०७ कम्पनीको ६३ हजार ८०१ पटक भएको कारोबारमा ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १०४ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको स्थिर रहेको छ ।

आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज इन्फिनिटी लघुवित्त, भगवती हाइड्रोपावर र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य र्वाधिक ७.०८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज सोनापुर मिनरल्स एण्ड आयलको करिब १९ करोडको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज आइतबार सेयर बजार ६.२४ अंकले घटेको छ। शेयर बजार ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा आएर बन्द भएको हो । आज ३०७ कम्पनीको ६३ हजार ८०१ पटक भएको कारोबारमा ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज १०४ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको स्थिर रहेको छ । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज इन्फिनिटी लघुवित्त, भगवती हाइड्रोपावर र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य र्वाधिक ७.०८ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज सोनापुर मिनरल्स एण्ड आयलको करिब १९ करोडको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।