काठमाडौँ। आज आइतबार सेयर बजार ३..३४ अंकले घटेको छ। शेयर बजार ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा आएर बन्द भएको हो ।
आज ३०५ कम्पनीको ६० हजार १६ पटक भएको कारोबारमा ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ९४ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर रहेको छ ।
आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र गुरासँ फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको हो। त्यसैगरी, आज गुराँस लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य यस दिन सर्वाधिक ९.३२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १९ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज शिवम् सिमेन्ट्सको साढे १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको करिब १२ करोडको शेयर किनबेच भएको छ।
प्रतिक्रिया