वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मानुषी लघुवित्तले डाक्यो साधारण सभा, के – के छन् एजेण्डा ?

अर्थलगानी
२०८० चैत्र ९, शुक्रबार

काठमाडौँ। मानुषी लघुवित्त वित्तिय संस्थाले चैत ३० गते पाँचौ वार्षिक साधारण सभा बोलएको छ । सभा होटेल उग्रचण्डी, बनेपा नगरपालिका वडा नं. ९ काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

यस लघुवित्तले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमकारी निकायहरु बाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न, निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।

पाँचौं वार्षिक साधारण सभामा भाग लिने प्रयोजनका लागि चैत्र १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार चैत १८ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। मानुषी लघुवित्त वित्तिय संस्थाले चैत ३० गते पाँचौ वार्षिक साधारण सभा बोलएको छ । सभा होटेल उग्रचण्डी, बनेपा नगरपालिका वडा नं. ९ काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । यस लघुवित्तले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने छ । यस्तै सभाले प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमकारी निकायहरु बाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न, निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी लगायतका प्रस्ताव पनि पारित गर्ने छ । पाँचौं वार्षिक साधारण सभामा भाग लिने प्रयोजनका लागि चैत्र १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार चैत १८ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।