काठमाडौँ। बिहीबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार भने घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यस्तो सुनको मूल्य हालसम्मकै उच्च १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको थियो। त्यसैगरी, आज तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी, आज ५५ रुपैयाँ घटेर १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।
प्रतिक्रिया