काठमाडौँ। सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सुन तोलामा ११०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यो अघि चैत ८ गते सुनको भाउ प्रतितोला २७ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो। आज सो रेकर्डलाई तोड्दै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो ।
यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया