वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको भाउमा हाल सम्मकै नयाँ रेकर्ड, बढ्यो एकै दिनमा २१ सय रुपैयाँ

अर्थलगानी
२०८० चैत्र १६, शुक्रबार

काठमाडौँ। सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ । शुक्रबार २ हजार १०० रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि बिहीबार १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर सुनको भाउ रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड शुक्रबार तोडिएको छ । शुक्रबार सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँ बढेको हो । बिहीबार चाँदी १ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ । शुक्रबार २ हजार १०० रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि बिहीबार १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर सुनको भाउ रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड शुक्रबार तोडिएको छ । शुक्रबार सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँ बढेको हो । बिहीबार चाँदी १ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।