काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ को विन्दुमा झरेको हो ।
बजार घट्दा ६३ कम्पनीको शेयर मुल् बढेको छ भने १७२ कम्पनीको घटेको छ। आज १० कम्पनीको शेयर मुल्य स्थिर रहेको छ। घटेको बजारमा आज ३ अर्ब २० करोड रुपैयाँ माथिको कारोबार भएको छ। सर्वाधिक कारोबार भने सर्वोत्तम सिमेन्टको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
सर्वोत्तम सिमेन्टः २८ करोड ६८ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः १२ करोड ५६ लाख रुपैयाँ
शिवम सिमेन्टः ११ करोड ५५ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः ९ करोड ५८ लाख रुपैयाँ
रिभर फल्स पावरः ९ करोड रुपैयाँ
सोनापुर मिनरल्सः ८ करोड ९९ लाख रुपैयाँ
हिमालयन ऊर्जाः ७ करोड ५५ लाख रुपैयाँ
पिपुल्स पावरः ७ करोड २२ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ६ करोड २४ लाख रुपैयाँ
अप्पर लोहोरे खोला हाइड्रोपावरः ५ करोड १६ लाख रुपैयाँ
प्रतिक्रिया