काठमाडौँ। बढ्दो क्रममा रहेको सुनको भाउ मंगलबार घटेको छ। मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २०० र तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
सोमबार छापावाला सुन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यता चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया