वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८० चैत्र २३, शुक्रबार

काठमाण्डौँ। आज घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला १३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ । अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो । छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँ तेजावी सुनको मूल्य १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय १५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ। आज घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला १३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ । अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो । छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँ तेजावी सुनको मूल्य १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय १५ रुपैयाँ कायम भएको छ ।