वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकका अध्यक्ष उप्रेति सम्पर्कबिहीन भएपछि एमालेको तयारी रमेश पोखरेल पठाउने

अर्थलगानी
२०८० चैत्र २६, सोमबार

काठमाडौँ। राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा रमेश पोखरेललाई पठाउने तयारी भएको छ। सहकारी बैंकका अध्यक्ष केवी उप्रेति सम्पर्कमा नरहेपछि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेललाई अध्यक्ष बनाउने तयारी एमालेले गरेको हो।

अध्यक्ष उप्रेतिले बैंकमा समेत कुनै औपचारिक जानकारी नदिई सम्पर्क बिहीन भएका छन्। करिव २० दिन अगाडी राष्ट्रिय सहकारी बैंकको बोर्ड बैठकमा करिव ७ मिनेट वाट्सएप मार्फत सम्पर्कमा आएका उप्रेति त्यसपछि कसैको सम्पर्कमा छैनन् ।

उनी सम्पर्कमा नभएको मौकाको फाइदा उठाउदै नेकपा एमालेले भने सहकारी विभागको सचिवबाट पनि उनलाई हटाइसकेको छ। साथै बैंकको अध्यक्ष वरिष्ठ उपाध्यक्ष रमेश पोखरेललाई बनाउने तयारी गरिरहेको छ ।

उनी एकाएक गायव भएका ४३ औ दिनमा बैंकले संचालक समितिको बैठक डाकेको थियो । सो बैठकमा वाट्सएप मार्फत सम्पर्कमा आएका उप्रेतिले नैसवै निर्णयहरु गराएका थिए ।

आइडल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनी सो सहकारीमा समस्या आएपछि गायव भएका छन्। उनी गायव भएको मौकाको फाइदा नेकपा एमालेका सहकारी विभाग प्रमूख खगराज अधिकारी र राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष केशवप्रसाद वडालले उठाउन लागेका हुन् । उनीहरु अव सहकारी बैंकमा रमेश पोखरेललाई स्थान दिनुपर्ने लविङका लागि लागिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा रमेश पोखरेललाई पठाउने तयारी भएको छ। सहकारी बैंकका अध्यक्ष केवी उप्रेति सम्पर्कमा नरहेपछि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेललाई अध्यक्ष बनाउने तयारी एमालेले गरेको हो। अध्यक्ष उप्रेतिले बैंकमा समेत कुनै औपचारिक जानकारी नदिई सम्पर्क बिहीन भएका छन्। करिव २० दिन अगाडी राष्ट्रिय सहकारी बैंकको बोर्ड बैठकमा करिव ७ मिनेट वाट्सएप मार्फत सम्पर्कमा आएका उप्रेति त्यसपछि कसैको सम्पर्कमा छैनन् । उनी सम्पर्कमा नभएको मौकाको फाइदा उठाउदै नेकपा एमालेले भने सहकारी विभागको सचिवबाट पनि उनलाई हटाइसकेको छ। साथै बैंकको अध्यक्ष वरिष्ठ उपाध्यक्ष रमेश पोखरेललाई बनाउने तयारी गरिरहेको छ । उनी एकाएक गायव भएका ४३ औ दिनमा बैंकले संचालक समितिको बैठक डाकेको थियो । सो बैठकमा वाट्सएप मार्फत सम्पर्कमा आएका उप्रेतिले नैसवै निर्णयहरु गराएका थिए । आइडल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनी सो सहकारीमा समस्या आएपछि गायव भएका छन्। उनी गायव भएको मौकाको फाइदा नेकपा एमालेका सहकारी विभाग प्रमूख खगराज अधिकारी र राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष केशवप्रसाद वडालले उठाउन लागेका हुन् । उनीहरु अव सहकारी बैंकमा रमेश पोखरेललाई स्थान दिनुपर्ने लविङका लागि लागिरहेका छन् ।