काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंकको प्रस्तावित लाभांश भोली चैत २७ गते मंगलवार पारित हुँदै छ। ग्रीन डेभलपमेन्टले गत आर्थिक वर्ष ०७९–८० को मुनाफाबाट ३ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बैंकले शेयर स्वामित्व परिवर्तन समेत गर्ने भएको छ ।
कम्पनीले संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्न लागेको हो । शेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागबाट चैत ७ गते स्वीकृति प्राप्त भएको जानकारी कम्पनीले दिएको छ । कम्पनीका अनुसार शेयर स्वामित्व परिवर्तनपछि संस्थापकतर्फ २६ लाख ४६ हजार ९०० कित्ता र सर्वसाधारणतर्फ २५ लाख ४३ हजार १०० कित्ता शेयर कायम हुनेछ । शेयर संरचना परिवर्तनको प्रस्ताव समेत सभाले पारित गर्नेछ ।
साथै सर्वसाधारणतर्फबाट २ जना र सर्वसाधारणतर्फबाट ३ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि ग्रीन डेभलपमेन्ट बैंकले चैत ९ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया