वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमाल दोलखा हाइड्रोपावरले बोलायो साधारणसभा, २ आर्थिक वर्षको एकैपटक

अर्थलगानी
२०८० चैत्र २७, मंगलवार

काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्नीले एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारण सभा गर्न लागेको हो । सभा चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले दुई आर्थिक वर्षको सभा एकैपटक गर्न लागेको भएतापनि लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।साधारण सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गरिसकेको छ । चैत १७ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्नीले एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारण सभा गर्न लागेको हो । सभा चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले दुई आर्थिक वर्षको सभा एकैपटक गर्न लागेको भएतापनि लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।साधारण सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गरिसकेको छ । चैत १७ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।