वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महुली लघुवित्तको एजीएम सम्पन्न

अर्थलगानी
२०८० चैत्र २७, मंगलवार

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको सभा सोमवार कम्पनीकै केन्द्रीय कार्यालय सप्तरीमा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै सभाले चालू आवको लेखापरिक्षकको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

सभालेसंस्थापक तर्फको रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिबाट भएको मनोनयन अनुमोदन गर्ने, बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम यस वित्तीय संस्थाको संस्थापक शेयरलाई सर्वसाधारण शेयर समुहमा परिणत गर्ने तथा सो सम्बन्धमा कार्य गर्न गराउन सम्बन्धीत निकायबाट स्वीकृती लिई पूँजी संरचना परिवर्तन गर्न वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सभाले संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने रगाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, सम्झदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षक वा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने गाभिने तथा प्राप्तिसँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियमक निकायहरुबाट निर्देशन गरे बमोजिमका विबरण उपलब्ध गराउने लगायतका सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको सभा सोमवार कम्पनीकै केन्द्रीय कार्यालय सप्तरीमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै सभाले चालू आवको लेखापरिक्षकको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो । सभालेसंस्थापक तर्फको रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिबाट भएको मनोनयन अनुमोदन गर्ने, बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम यस वित्तीय संस्थाको संस्थापक शेयरलाई सर्वसाधारण शेयर समुहमा परिणत गर्ने तथा सो सम्बन्धमा कार्य गर्न गराउन सम्बन्धीत निकायबाट स्वीकृती लिई पूँजी संरचना परिवर्तन गर्न वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने रगाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, सम्झदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने प्रस्ताव पनि पारित गरेको छ । सभाले सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षक वा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने गाभिने तथा प्राप्तिसँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियमक निकायहरुबाट निर्देशन गरे बमोजिमका विबरण उपलब्ध गराउने लगायतका सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।