काठमाडौँ। आज बुधबार सेयर बजार १०.७१ अंकले घटेको छ। शेयर बजार १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा आएर बन्द भएको हो ।
आज ३०८ कम्पनीको ६१ हजार ४२० पटक भएको कारोबारमा ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १७६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।
आज माण्डु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.६९ प्रतिशत बढेको छ। त्यसैगरी, खानीखोला हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने गुराँस लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सिंगटी हाइड्रोको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सो कम्पनीको शेयरमूल्य १९ रुपैयाँ घटेर १७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, विन नेपाल लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज गोर्खाज फाइनान्सको कारोबार रकम ११ करोड नाघेको छ भने नेपाल फाइनान्स र पोखरा फाइनान्सको करिब १० करोडको शेयर किनबेच भएको छ।
प्रतिक्रिया