काठमाडौँ। गत वर्ष ८० शेयर लगनि कर्ताको लागि खासै उत्साहा जनक रहेन । लगानिकर्ताहरुले आस आसैमा बर्ष विताउनु पर्यो । २०८१ को सालको पहिलो दिनको सेयर कारोबार आइतबार आज सुरु हुँदैछ ।
२०८० सालमा औसतमा सामान्यतया बजार १८ सयदेखि २२ सयकै बीचमा घुमेको घुम्यै गर्यो ।सेयर बजारमा अब आ.व २०८०/८१ को बजेट मार्फत मा केही नीतिगत सुधार भयो भने गति लिने धेरैले अपेक्षा गरिरहेका छन् । किनभने बैंकको ब्याजदर लगातार घटिरहेको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था रहेको छ । तर नीतिगत अवरोधका कारण बजारले गति लिन पाएन ।लामो समयदेखि बैंकहरुले तरलता थुप्रिए पनि कर्जा विस्तार हुन नसकेको बताइरहेका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तथा समीक्षाहरुमार्फत नीतिगत लचकता नलियसम्म बजार माथि उठ्ने सम्भावना देखिँदैन । यसअघि कसिएका नीतिहरुका कारण लगानिकर्ताले सरकार नभयकै अनुभुति गरीरहे । अब नीति खुकुलो हुँदै गयो भने सेयर बजारमा विस्तारै उत्साह ल्याउने आम लगानीकर्ताको अनुमान छ । यद्यपि, वर्ष २०८० मा भने बजारले खासै गति लिन सकेन ।
नेप्सेले पटक पटक प्रयास गरे पनि २२ सय माथि टिकाउन सकेन । माथि जान नसकेपछि पुनः तलतिरै झर्यो । पटक पटक परीक्षण गर्दा पनि बजार १८ सय विन्दुबाट तल नझरेकाले अब १८ सय आसपासको विन्दुलाई भने नेप्सेले बेसलाइन बनाएको धेरैको अनुमान छ ।
२०८० को वर्षभरि नै बजार ४ सयको रेन्जमा बजार तलमाथि घुमिरह्यो । यसबाट आम लगानीकर्ताले खासै बजारबाट लाभ लिन सकेनन् । तर नेपालको सेयर बजारको इतिहास हेर्दा धेरैजसो बुल चक्र नै लामो हुने गरेको पाइन्छ । तर यो पटक भने बियरिस ट्रेन्ड निकै लामो गएको देखिन्छ । बियरिस चक्रले निकै लामो समय व्यतीत गरिसकेकाले पनि अब नयाँ वर्षमा भने बजारले क्रमशः उचाई लिंदैं अघि बढ्ने आशा भने गर्न सकिन्छ । तर बजारको गति र प्रवृत्तिका बारेमा यसै हुन्छ भनेर ठोकुवा गर्न त सकिंदैन ।
केही तथ्य र आर्थिक सूचकहरु र सकारको आगामि बजेट सरकाले लिने नीतिका आधारमा अनुमानमात्र गर्ने हो । समग्र अर्थतन्त्रमा मन्दी आउँदा त्यसको प्रभाव सेयर बजारमा पनि परेको अनुमान गरिएको छ । तर अब विस्तारै अर्थतन्त्रको अवस्था पनि सुधार हुँदै जाने संकेत देखिन्छ । विश्व बैंक र एसियाली विकास बैंकको प्रक्षेपणले पनि अर्थतन्त्र विस्तारै सुधारकै बाटोमा लाग्ने देखाइरहेको छ । यसले सेयर बजारमा पनि सकारात्मक वातावराण तय गर्न सक्ने जानकारहरु बताउछन् । यो त बजारको लामो यात्राको कुरा भयो । तर आज आइतबारबाट के होला भन्ने पनि धेरैको चासो छ । तर अल्पकालीन आधारमा भने सेयर बजारको विश्लेषण गर्नु भनेको धेरै कठिन कार्य हो ।
आज प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यससँगै सूचक २०३८.१० अंकमा रहेको छ । १८ लाख ९१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ५ हजार ५ सय ३८ कित्ता सेयर कारोबार भएको छ १० कम्पनीको भाउ बढ्दा १९ को भने मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५३ वटा कारोबार भएको हो ।
प्रतिक्रिया