काठमाडौँ। आज सोमबार सेयर बजार १६.८२ अंकले घटेको छ। शेयर बजार १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१४ कम्पनीको ५० हजार ५२४ पटक भएको कारोबारमा ७२ लाख २३ हजार ७७३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ५२ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।
आज दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज गुराँस लघुवित्त वित्तीय संस्था र दोल्ती पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज खानीखोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ। यस दिन ८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चरको मूल्य सर्वाधिक ७.०९ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १७ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज सिवाईसि नेपाल लघुवित्तको साढे ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा माई हाइड्रोपावरको करिब ७ करोडको शेयर कारोबार भएको छ।
प्रतिक्रिया