काठमाडौँ। शेयर बजार आज पनि घटेको छ । आज नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ को विन्दुमा झरेको छ।
नेप्से २००० तल झर्दा २०० कम्पनीको शेयरभाउ घटेको छ। आज ४२ वटा कम्पनीको शेयरभाउ बढ्दा २ वटाको भने स्थिर रहेको छ।
आज २ अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भएको छ। आज बजार सँगै कारोबार रकम पनि घटेको हो । आज गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ।
आज उच्च कारोबार भएका कम्पनीहरु :
गोर्खाज फाइनान्सः १७ करोड ५९ लाख रुपैयाँ
सूर्यज्योति लाइफ इन्स्योरेन्सः ७ करोड ४३ लाख रुपैयाँ
पोखरा फाइनान्सः ६ करोड ६८ लाख रुपैयाँ
सर्वोत्तम सिमेन्टः ४ करोड ५९ लाख रुपैयाँ
शिवम सिमेन्टः ४ करोड ४७ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ४ करोड ३० लाख रुपैयाँ
ग्रीन डेभलपमेन्ट बैंकः ३ करोड ६४ लाख रुपैयाँ
नेपाल फाइनान्सः ३ करोड ४६ लाख रुपैयाँ
युनाइटेड अजोड इन्स्योरेन्सः ३ करोड ४२ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः ३ करोड ४१ लाख रुपैयाँ
प्रतिक्रिया