काठमाडौँ। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६५ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार १४.८१ अंक घटेर १९९१.७१ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.६५ अंक बढेर १९९२.३७ विन्दुमा झरेको छ।
बिहीबार प्रि ओपन सेसनमा १० स्टकको २० लाख ६७ हजार ९८४ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ८९३ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।
प्रतिक्रिया