वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तेस्रो त्रैमासमा सिटिजन्स बैंक : १ अर्ब २१ करोड खुद नाफा, अन्य सुचक कस्ता ?

अर्थलगानी
२०८१ बैशाख ७, शुक्रबार

काठमाण्डौँ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा १.९९ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा १ अर्ब २३ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ३.२५ प्रतिशतले कम हो । बैंकको इम्पेयरमेन्ट चार्ज ९८ करोड ५७ लाख रुपैयाँ ऋणात्मक,कर्मचारी खर्च १ अर्ब ४४ करोड ऋणात्मक र ६४ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको रिटेन्ड अर्निङ ९७.७६ प्रतिशतले घट्दै १ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको रिजर्भको आकार भने १९.६६ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप संकलन १ अर्ब ८२ अर्ब र कर्जा प्रवाह १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.९८ प्रतिशत रहेको खराब बर्जा अनुपात घटेर ३.७६ प्रतिशतमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)११.३७ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३.९८ गुणा,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५३९.६२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४९.९८ रुपैयाँ र तरलता अनुपात २५.६१ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा १.९९ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा १ अर्ब २३ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ३.२५ प्रतिशतले कम हो । बैंकको इम्पेयरमेन्ट चार्ज ९८ करोड ५७ लाख रुपैयाँ ऋणात्मक,कर्मचारी खर्च १ अर्ब ४४ करोड ऋणात्मक र ६४ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिसम्म बैंकको रिटेन्ड अर्निङ ९७.७६ प्रतिशतले घट्दै १ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको रिजर्भको आकार भने १९.६६ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन १ अर्ब ८२ अर्ब र कर्जा प्रवाह १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.९८ प्रतिशत रहेको खराब बर्जा अनुपात घटेर ३.७६ प्रतिशतमा सीमित बनेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)११.३७ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३.९८ गुणा,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५३९.६२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४९.९८ रुपैयाँ र तरलता अनुपात २५.६१ प्रतिशत कायम भएको छ ।