काठमाडौँ। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार १२.२९ अंक बढेर १९८४.४३ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.३५ अंक घटेर १९८४.०८ विन्दुमा झरेको छ।
सोमबार प्रि ओपन सेसनमा २९ स्टकको १७ लाख ४२ हजार ७४१ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ५२२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया