वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

अर्थलगानी
२०८१ बैशाख ११, मंगलवार

काठमाडौँ। किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले दुई जना संस्थापकको नाममा रहेको १२ हजार ८४० कित्ता र छ हजार ४२० कित्ता गरी जम्मा १९ हजार २६० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्ने हक हाल विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्रै रहेको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई कैलालीको लम्कीचुहामा रहेको लघुवित्तको केन्द्रीय कार्यालय वा काठमाडौंको मण्डीखाटारमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजात सहित लिखित निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया थालिने लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले दुई जना संस्थापकको नाममा रहेको १२ हजार ८४० कित्ता र छ हजार ४२० कित्ता गरी जम्मा १९ हजार २६० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने हक हाल विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्रै रहेको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई कैलालीको लम्कीचुहामा रहेको लघुवित्तको केन्द्रीय कार्यालय वा काठमाडौंको मण्डीखाटारमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजात सहित लिखित निवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया थालिने लघुवित्तले जनाएको छ ।